बन्दीपुर केबलकारलाई आईपीओ निष्कासन अनुमति

काठमाडौं– नेपाल धितोपत्र बोर्ड (सेबोन)ले बन्दीपुर केबलकार एन्ड टुरिज्म कम्पनीलाई आईपीओ निष्कासन अनुमति दिएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरको ५८ करोड ६० लाख बराबरको ५८ लाख ६० हजार कित्ता सेयर निष्कासन गर्नेछ । कम्पनीले जारी पुँजीको २०.७० प्रतिशत सेयर सर्वसाधारणलाई बेच्नेछ ।
कम्पनीलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयर एनपी बीबी रेटिङ दिएको छ । यो रेटिङले कम्पनी समयमै वित्तीय दायित्व पूरा गर्ने सन्दर्भमा मध्यम जोखिम रहेको जनाउँछ । बन्दीपुर केबलकारको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ नियुक्त भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई आईपीओ खुलाउनेछ ।