टाटाको ‘७.७ डिल्स लाइक नेभर बिफोर’

काठमाडौं– नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ७.७ डिल्स लाइक नेभर बिफोर अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत ग्राहकले जुनसुकै ब्रान्डका पुराना गाडी साटफेर गरेर टाटा ब्रान्डका पेसेन्जर श्रेणीअन्तर्गत नयाँ टियागो ईभी, पन्च ईभी, नेक्सन के ३ ईभी र कभ ईभी एक्सचेन्ज तथा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।
यस्तै, हरेक टाटा गाडी खरिदमा एक जोडीका लागि थाइल्यान्ड भ्रमणका साथै दुई आर्थिक वर्षसम्मको सवारी कर, एसेसरिज, वारेन्टी अवधिभर चार्जिङ सेवा, एक वर्षको अटोप्लस बीमा, चार्जिङ बक्ससहित जडान र एम्बोस्ड नम्बरप्लेटलगायत सुविधा नि:शुल्क प्राप्त गर्न सक्नेछन् ।
ग्राहकलाई नेपालभरका टाटा मोटर्स सोरुममा नयाँ तथा अत्याधुनिक डिजाइनका गाडी अवलोकन तथा हरेक टेस्ट ड्राइभ, बुकिङ र गाडी मूल्यांकन गर्दा आकर्षक उपहार दिइनेछ । असार १९ देखि २३ सम्म टाटा मोटर्स सोरुममा कार्यक्रम सञ्चालन गरिनेछ भने एक जना भाग्यशाली विजेताले बम्पर पुरस्कारस्वरूप आईफोन१६ जित्ने अवसर पाउनेछन् ।