बेस्ट फाइनान्सको साधारणसभा सम्पन्न

काठमाडौं– बेस्ट फाइनान्स कम्पनीको २८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन तथा उपयुक्त बैंक तथा वित्तीय संस्थासँग गाभ्ने/गाभिने तथा प्राप्तिलगायतका प्रस्ताव पारित गरेको कम्पनीले जनाएको छ ।
साधारणसभाले प्रा. डा. रामजी गौतम, सुशीला खनाल, रामचन्द्र देवकोटा, खिमलाल पौड्याल, रामलाल श्रेष्ठ र विष्णुप्रसाद ज्ञवालीलाई निर्विरोध सञ्चालक समितिमा निर्वाचित गरेको छ । कम्पनीले आगामी दिनमा अझ प्रभावकारी र नवीनतम् बैंकिङ सेवा उपलब्ध गराउने लक्ष्य रहेको बताएको छ ।