Logo

एससीटी–सांग्रिला डेभलपमेन्ट बैंक सम्झौता

काठमाडौं– स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) र सांग्रिला डेभलपमेन्ट बैंकबीच एससीटी–युपीआई कार्ड जारी गर्न सम्झौता भएको छ । सम्झौतामा स्मार्ट च्वाइस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीले हस्ताक्षर गरे ।

सम्झौतापछि ग्राहकले आगामी दिनमा सजिलै एससीटी–युपीआई कार्ड लिन सक्ने बैंकले जनाएको छ । एससीटीले हाल २३ बैंक तथा वित्तीय संस्था र सय बढी सहकारी संस्थामार्फत एससीटी–युपीआई कार्ड जारी गर्दै आएको छ ।

एससिटीले आफ्नै कार्ड स्वीचिङ संरचना स्मार्ट स्वीचमार्फत एससीटी–युपिआई कार्ड र भिसा कार्ड जारी गर्ने तथा युनियन पे, मास्टर कार्ड तथा डिस्कभरीलगायत कार्डमार्फत हुने कारोबारको सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्