गरिमा विकास नेपाल पे कार्डमा आबद्ध

काठमाडौं – गरिमा विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच एनसीएचएलबीच एनपीएस–एनसीएस तथा डमेस्टिक कार्ड स्किम (नेपाल पे कार्ड) सदस्य सम्झौता भएको छ ।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय र नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरे । एनसिएचएलले बैंक तथा वित्तीय संस्थालाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम नेपाल पे कार्ड इस्युइङ र अक्वायरिङका लागि आफ्नो स्विच इन्टिग्रेटको आग्रह गरेसँगै बैंकका ग्राहकले यस्तो कार्ड इस्यू तथा अक्वायर गर्न सक्नेछन् ।
यो प्रणालीको पूर्ण कार्यान्वयनपछि डोमेस्टिक कार्ड कारोबारको लागत घटाउने, डाटा लोकलाइजेसन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरण विकास तथा प्रवर्द्धन हुने अपेक्षा बैंकको छ । एनसीएचएलले ५४ बढी बैंक तथा वित्तीय संस्था, सय बढी गैरबैंकिङ सदस्यलाई विभिन्न राष्ट्रिय भुक्तानी प्रणालीमार्फत सेवा दिँदै आएको छ ।