सिटिजन्स बैंकद्वारा राहत वितरण

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले हुम्ला जिल्ला सर्केगाड गाँउपालिका वडा नं ३ उनापानीमा यही असार १ गते भएको आगलागीमा परेका ८ वटा घर पिडितहरुलाई आवश्यक राहत स्वरुप खाद्यान्न सामाग्री लगायत लत्ता कपडा वितरण गरेको छ ।
घर जलेर घरबारविहीन भएका परिवारलाई सहयोग गर्न पाँउदा पिडितहरुको दिनचर्यामा केही दिनका लागि सहजता आउने विश्वास बैंकले लिएको छ । पीडितहरुलाई राहत वितरण कार्यक्रममा बैंकका कर्णाली प्रदेश सर्केगाड शाखाका शाखा प्रमुख लगायत अन्य कर्मचारी तथा टोलका समाजसेवी बुद्धिजीवीको उपस्थिति रहेको थियो ।
वितरण गरिएको खाद्यान्न सामग्रीमा चामल, दाल, आलु, तेल र अन्य सामाग्री एवं लत्ता कपडाहरूमा कुकर, डाडु तथा पिठो रहेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले यस अघि नै देशका विभिन्न स्थानहरुमा स्वस्थ शिविर सन्चालन, समुदायिक विद्यालय एंव मठ मन्दिरहरुमा सहयोगहरु गरिसकेको छ ।