Logo

१० अंकले बढेको शेयर बजारमा नौ अर्ब ६४ करोड कारोबार

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०.९८ अंकले बढेर दुई हजार सात सय पाँच दशमलव ८१ विन्दुमा कायम भएको छ ।

बुधबार नौ अर्ब ७४ करोडको कारोबार भएकोमा बिहीबार तीन सय ११ वटा कम्पनीका दुई करोड ४९ लाख कित्ता शेयर नौ अर्ब ६४ करोडमा किनबेच भएको छ ।

बिहीबार होटल तथा पर्यटन, जलविद्युत्, लगानी, लघुवित्त र व्यापार उप समूहको शेयर घटेको छ भने बाँकी समूहको शेयर बढेकोमा फाइनान्स उपसमूहको शेयर ४ प्रतिशत भन्दा धेरैले बढेको छ ।

समग्रमा बजार बढेको दिन बिहीबार सप्तकोशी विकास बैंकको शेयर १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ । बिहीबार नेपाल फाइनान्स समुहको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्