Logo

केटिएम हस्पिटालिटीको आईपीओ बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट

काठमाडौं– केटिएम गु्रप होल्डिंग्स्अन्तर्गत सञ्चालित ४५ करोड चुक्ता पुँजी रहेको केटिएम हस्पिटालिटीले प्राथमिक सेयर (आईपीओ) निष्कासनका लागि आरबीबी मर्चेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले १२ करोड ५० करोड बराबरले हुने एक सय रुपैयाँ अंकित १२ लाख ५० हजार कित्ता प्राथमिक सेयर सर्वसाधारणमा जारी गर्नेछ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालको उपस्थितिमा आयोजित सम्झौतामा केटिएम हस्पिटालिटीका अध्यक्ष तथा प्रमुख कार्यकारी रामेश्वर शाह र आरबीबी मर्चेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हस्ताक्षर गरे । केटिएम हस्पिटालिटीले फ्रान्सको प्रतिष्ठित अन्तर्राष्ट्रिय लुभ्र होटल्स समूहअन्तर्गतको लक्जरी पाँचतारे रिसोर्ट द रोयल ट्युलिप चितवनमा सुरु गर्ने तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस्