प्रोटोन इमासको सार्क ट्यांकसँग प्रायोजन साझेदारी

काठमाडौं– मलेसियाली अटोमेकर प्रोटोनको विद्युतीय सवारीसाधन प्रोटोन इमासले हिमालय टेलिभिजनमा प्रसारण हुने व्यावसायिक रियालिटी टेलिभिजन कार्यक्रम सार्क ट्यांक नेपालसँग प्रायोजन साझेदारीको घोषणा गरेको छ ।
प्रोटोन इमासले साहसी विचार र दिगो व्यावसायिक भिजनका साथ भविष्यलाई आकार दिने दूरदर्शी नेपाली उद्यमीलाई समर्थन गर्ने हुँदा सहकार्यपछि नवप्रवर्तन र उद्यमशीलतालाई अगाडि बढाउने सामूहिक प्रयासलाई टेवा पुर्याउने विश्वास लिएको छ ।
नेपालका लागि प्रोटोनको अधिकृत डिलर जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले नवप्रवर्तनमार्फत अगाडि बढाउन प्रतिबद्ध ब्रान्डको रूपमा प्रोटोन इमासले सार्क ट्यांक नेपालसँग साझेदारी गरेको बताए ।
सहकार्यपछि, प्रोटोन इमास सार्क ट्यांक नेपालमा सिजनभर प्रमुख रुपमा प्रस्तुत हुनेछ, जसले दर्शकलाई प्रोटोन इमासको नवीन ईभी प्रविधि र दिगो उद्देश्यबारे जानकारी लिन सहज हुनेछ ।