सिद्धार्थ बैंक–सिप्रदी विद्युतीय ट्याक्सी कर्जा सम्झौता

काठमाडौं– सिद्धार्थ बैंक र नेपालका लागि टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङबीच विद्युतीय ट्याक्सी कर्जा सुविधा सम्झौता भएको छ ।
सम्झौतापछि ग्राहकले सिप्रदीमार्फत टाटाका विद्युतीय ट्याक्सी खरिद गर्दा बैंकबाट छिटो, सहज र सुलभ ब्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्नेछन् । कर्जाको अवधि पाँच वर्षको हुनेछ ।
सम्झौतापछि दिगो बैंकिङ अभ्यास प्रवर्द्धन गर्दै वातावरणमैत्री विद्युतीय सवारीसाधन प्रयोगलाई प्रोत्साहित गर्ने विश्वास बैंकको छ ।