३४ अंकले बढेको शेयर बजारमा ९ अर्ब ७४ करोड कारोबार

काठमाडौं- बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । नेप्से परिसूचक ३४.४२ अंक (१.२९ प्रतिशत) ले बढेर २ हजार ६ सय ९४.८२ विन्दुमा कायम भएको हो । नेप्से परिसूचक, सेन्सिटिभ र सबै सेक्टरका सूचक बढेका छन् ।
मंगलबार ७ अर्ब ३ करोडको कारोबार भएकोमा बुधबार ९ अर्ब ७४ करोड ४८ लाख बराबरको कारोबार भएको छ । बुधबार धेरै कारोबार भएका कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, साहस ऊर्जा, सप्तकोशी विकास बैंक, लक्ष्मी सनराइज बैंक (संस्थापक सेयर) र बुटवल पावर छन् ।
१८२ कम्पनीको मूल्य बढ्दा ६५ कम्पनीको घट्यो भने एउटाको स्थिर रहेको छ । जीवन बीमा समूह सबैभन्दा धेरै २.८३ प्रतिशत बढ्यो । त्यस्तै निर्जीवन बीमा २.५१, बैंकिङ १.३६, विकास बैंक २.३१, फाइनान्स १.९९, होटल तथा पर्यटन ०.७१, हाइड्रोपावर ०.४७, लगानी १.०१, उत्पादन तथा प्रशोधन ०.६९, माइक्रोफाइनान्स ०.५६, अन्य ०.९१ तथा व्यापार समूह १.७६ प्रतिशत बढेका छन् ।
दुई कम्पनी ग्रिन डेभलपमेन्ट बैंक र खानीखोला हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । नेपाल इन्स्योरेन्सको ९.८२, गुराँस लघुवित्तको ९.१५, सिन्धु विकास बैंकको ८.९२, कर्पोरेट डेभलपमेन्ट बैंकको ८.२९ प्रतिशत मूल्य बढ्यो । विन नेपाल लघुवित्तको मूल्य सबैभन्दा धेरै ३.३१ प्रतिशत घट्यो ।