अडियाे वेयरेबल ब्रान्ड ‘बोट’ सार्वजनिक

काठमाडौं- भारतको नम्बर १ अडियाे वेयरेबल ब्रान्ड बोटले नेपालमा आफ्नो आगमनको औपचारिक घोषणा गरेको छ । जसले ब्रान्डको अन्तर्राष्ट्रिय यात्रामा एक महत्त्वपूर्ण उपलब्धिको संकेत गर्दछ । बोटले नेपालमा पहिले नै बलियो उपस्थिति बनाइसकेको छ ।
अब यसले अत्यधिक प्रशंसित ‘निर्भाना’ सिरिजको आधिकारिक सार्वजनिक मार्फत आफ्नो उपस्थिति औपचारिक बनाएको छ । उच्च प्रदर्शन क्षमतायुक्त एएनसी (एक्टिभ न्वाइज क्यान्सेलेसन) युक्त इयरफोन र इयरबड्स समावेश गरिएको प्रिमियम ‘निर्भाना’ सिरिज अब नेपालभरका प्रमुख अनलाइन तथा अफलाइन खुद्रा प्लेटफर्महरूमा उपलब्ध हुनेछ ।
बोटले अडियो वेयरेबल क्षेत्रमा आफ्नो प्रभुत्व जमाउँदै आएको छ । नेपाल प्रवेश गरेको केही वर्षमै यो वर्गका शीर्ष तीन ब्रान्डमध्ये एकको रूपमा स्थापित भइसकेको छ । जसले नेपाली उपभोक्तामाझ यसको गहिरो रुचि र विश्वासलाई प्रमाणित गर्दछ । बोटलाई राष्ट्रिय रूपमा टेलिटक प्रा. लि. (रमेश कर्प अन्तर्गतको संस्था)ले वितरण गर्दै आएको छ ।
बोट छोटो समयमा नै नेपालका प्रविधिमैत्री र युवापुस्ताको रोजाइको ब्रान्ड बन्न सफल भएको छ, जसले अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र सुलभ मूल्यको संयोजन प्रस्तुत गर्दछ । टेलिकमले नेपालमा दूरसञ्चार र उपभोक्ता इलेक्ट्रोनिक्सको द्रुत रूपान्तरण भइरहेको परिवेशमा काम गर्दै आएको छ ।
बलियो वितरण सञ्जाल र विश्वव्यापी साझेदारीको माध्यमबाट कम्पनीले नेपाली उपभोक्तालाई नवप्रवर्तनयुक्त प्रविधि उत्पादन प्रदान गरिरहेको छ । भारतमा बोटको चमत्कारी विस्तारलाई नेपालमा पनि समान रूपमा प्रतिबिम्बित गरिएको छ । नवप्रवर्तन, डिजाइन र सामुदायिक संलग्नताप्रति बोटको निरन्तर प्रतिबद्धताले यसको क्षेत्रीय र विश्वव्यापी विस्तारलाई निरन्तर गति दिइरहेको छ ।