Logo

कारोबारकर्मी बराल सम्मानित

काठमाडौं– कारोबार दैनिकका गण्डकी संवाददाता दिननाथ बरालसहित देशभरका १० जना खेलकुद पत्रकारलाई युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय सम्मान तथा प्रोत्साहन पुरस्कार वितरण गरेको छ ।

सोमबार काठमाडौंमा आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा कारोबारकर्मी बरालसहित देशभरका १० पत्रकारलाई सम्मान तथा पुरस्कार वितरण गरिएको हो । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, मन्त्रालयका सचिव डा.हरिप्रसाद लम्साल, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले सम्मानपत्रसहित पुरस्कार हस्तान्तरण गरे ।

पुरस्कृत पत्रकार राष्ट्रिय सम्मानस्वरुप ५० हजार र प्रोत्साहन पुरस्कार जनही २५ हजार नगदबाट पुरस्कृत भएको मन्त्रालयका शाखा अधिकृत प्रमिला खरेलले बताइन् । बरालले पोखराबाट २३ वर्षदेखि निरन्तर खेलकुद तथा आर्थिक पत्रकारितामा कलम चलाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्