Logo

कुमारीको भर्चुअल क्रेडिट कार्ड सेवा

काठमाडौं– कुमारी बैंकले कुमारी भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गरेको छ ।

फोनपे पेमेन्ट सर्भिससँगको सहकार्यमा सुरु गरिएको यो सेवा बैंकको मोबाइल बैंकिङ एप कुमारी स्मार्टमार्फत सहज रूपमा प्रयोग गर्न सकिनेछ । भर्चुअल क्रेडिट कार्ड कुमारीस्मार्ट एपमार्फत सहजै मोबाइलबाट सुचारु गर्न सकिने बैंकले जनाएको छ ।

फोनपे क्यूआर मर्चेन्टमा पेमेन्ट कारोबार गर्न सकिने यस भर्चुअल क्रेडिट कार्ड भुक्तानीका लागि ग्राहकले अधिकतम ४५ दिनसम्म बिनाब्याज उपभोग गर्न सक्नुका साथै सेटलमेन्टमा १० प्रतिशत वा शतप्रतिशत भुक्तानी गर्ने विकल्पसमेत छान्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्