Logo

२८ अंकले बढेको शेयर बजारमा ७ अर्ब ३ करोड कारोबार

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । मंगलबार नेप्से परिसूचक २८.९१ अंकले बढेर २ हजार ६ सय ६०.३९ विन्दुमा कायम भएको हो ।

सोमबार ६ अर्ब ३८ करोडको कारोबार भएकोमा मंगलबार ३ सय ९ वटा कम्पनीका १ करोड ५७ लाख कित्ता शेयर ७ अर्ब ३ करोड रुपैयाँमा किनबेच भएको छ ।

मंगलबार उत्पादन र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा लगानी र माइक्रोफाइनान्स समूहको शेयर २ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।

मंगलबार सामुदायिक लघुवित्त र न्यादी हाइड्रोपावर कम्पनीको शेयर ९.८७ प्रतिशतले बढेको छ । यस्तै, युनिलिभर नेपाल कम्पनीको शेयर भने २.१३ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्