सेयर निष्कासन परामर्शकर्तामा मुक्तिनाथ नियुक्त

काठमाडौं– मुक्तिनाथ क्यापिटल र राइजिङ हाइड्रोपावर प्रालिबीच संस्थागत परामर्श सेवासम्बन्धी दुईपक्षीय सम्झौता भएको छ ।
मुक्तिनाथ क्यापिटलले संस्थागत परामर्श सेवाअन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीलाई सर्वसाधारणका निम्ति प्राथमिक सेयर निष्कासन (आईपीओ) जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सबै परामर्श सेवा उपलब्ध गराउँदै आएको छ । सम्झौतामा राइजिङ हाइड्रोपावरका अध्यक्ष शंकरबहादुर घिमिरे र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कवीन्द्रध्वज जोशीले हस्ताक्षर गरेका थिए ।
राइजिङ हाइड्रोपावरको सिन्धुपाल्चोकमा अवस्थित सेलाङ खोला साना जलविद्युत् आयोजना (९९० किलोवाट) ले वार्षिक ६.७७ गीगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण प्रणालीमा आपूर्ति गर्दै आएको छ । आव २०८२/८३ भित्र सर्वसाधारणलाई सेयर निष्कासन गरी ४० करोड चुक्ता पुँजी पुर्याइने कम्पनीले जनाएको छ ।