ग्लोबलको धान खेती कर्जा

काठमाडौं– ग्लोबल आइएमई बैंकले राष्ट्रिय धान दिवस अवसरमा ‘धान खेती कर्जा’ योजना सार्वजनिक गरेको छ । देशलाई आगामी दुई वर्षमा धानमा आत्मनिर्भर बनाउन सरकारी रणनीतिलाई सघाउन धान खेती कर्जा सार्वजनिक गरिएको बैंकले बताएको छ ।
योजनाअन्तर्गत कृषकले कृषि उपकरण तथा अन्य आवश्यक कृषि सामग्री, धान बिउ, रासायनिक तथा जैविक मल खदिर गर्न बैंकले २० लाख रुपैयाँसम्म कर्जा दिनेछ । खेतीयोग्य जमिन सदुपयोग गर्न धान खेती गरी कृषकको आम्दानी बढाउने, कृषि पेसालाई मर्यादित र व्यावसायिक बनाउनका लागि कृषकलाई प्रोत्साहन गर्न यो कर्जा योजना ल्याएको बैंकको भनाइ छ ।
राष्ट्रिय धान दिवस अवसरमा टोखा नगरपालिका–१, राधाकृष्ण मन्दिर नजिकैको फाँटमा बैंकका कर्मचारी तथा स्थानीयको सहभागितामा धान रोपाइँ सम्पन्न भएको बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले जानकारी दिए ।