Logo

सिवाईसी नेपालद्वारा १७ बुँदे सुझाव पेस

काठमाडौं– सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डोलिन्द्रप्रसाद शर्माले लघुवित्त क्षेत्रमा उत्पन्न संकटको दीर्घकालीन समाधानका लागि बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदललाई १७ बुँदे सुझावपत्र पेस गरेका छन् ।

शर्माले आइतबार राष्ट्र बैंक पुगेर कार्यदलका संयोजक रेवतबहादुर कार्की र कार्यकारी निर्देशक गुरुप्रसाद पौडेललाई सुझाव पेस गरेका हुन् । सुझावपत्रमा ‘लघुवित्त क्षेत्र सुधार रूपरेखाका आधारमा तीन वर्षे संरचनात्मक सुधार कार्यक्रम आवश्यक रहेको औंल्याइएको छ ।

यस्तै, वर्तमान संकटको समाधान सतही उपायबाट सम्भव नभएको उल्लेख गर्दै ब्याजदर नियन्त्रण, संस्थागत मर्जर, ऋणी शिक्षामा जोड, ग्रामीण वित्तीय मोडल पुनरवलोकन र सामाजिक सशक्तीकरणमा आधारित दीर्घकालीन रणनीति प्रस्तुत गरिएको कम्पनीले जनाएको छ ।

शर्माका अनुसार लघुवित्त संस्था निम्न आय वर्गका नागरिकमा वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले स्थापना भए पनि अहिले संकटमा रहेकाले सुधारका लागि कार्यदललाई विभिन्न १६ बुँदागत सुझाव हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्