स्वैच्छिक ईपीआर सम्झौतामा हस्ताक्षर

काठमाडौं– डोको रि–साइक्लर्स, हिम इलेक्ट्रोनिक्स र प्राक्टिकल एक्सन नेपालले नेपालमा पहिलो पटक प्रयोगपछि फालिने विद्युतीय खाना पकाउने उपकरण व्यवस्थापनका लागि स्वैच्छिक विस्तारित उत्पादक जिम्मेवारी सम्झौतामा हस्ताक्षर गरेका छन् ।
यो नेपाली घरपरिवारमा विद्युतीय प्रेसर कुकरको उपयोग वृद्धि परियोजनाअन्तर्गत मोडेर्न इनजी कुकिङ सर्भिस–मेक्स् कार्यक्रमद्वारा समर्थित र प्रवर्द्धित कार्यक्रम हो । यो यूके एडको वित्त सहयोगमा आठ वर्षीय अनुसन्धान कार्यक्रम हो ।
सम्झौता २०२५ जुन २६ मा गोल्छा ग्रुपको कर्पोरेट कार्यालयमा सम्पन्न भएको थियो । डोको रि–साइक्लर्सले सुरक्षित रूपमा पुन: प्रयोग र रि–साइकल व्यवस्था गर्नेछ । प्राक्टिकल एक्सन नेपालले समन्वय, जनचेतना र अनुगमनमा सहयोग गर्नेछ ।