Logo

भारतमा पुन: डायपर निर्यात सुरु

काठमाडौं– शिशु डायपर निर्माता कम्पनी व्रजेश्वरी इन्डस्ट्रीज प्रालिले भारतीय मानक ब्यूरो बीआईएसको प्रमाणपत्र प्राप्त गरेको छ । यससँगै उद्योग पहिलो नेपाली बेबी हाइजिन निर्माता कम्पनी बनेको छ ।

सुरुमा करिब ६० करोड रुपैयाँ लगानीबाट सुरु भएको कम्पनीले ‘न्यानो’ र ‘टेन्डर टच’ ब्रान्डमार्फत शिशु डायपर र हाइजिन उत्पादन गरिरहेको छ । सन् २०२३ र २०२४ मा नेपालबाट शिशु डायपर निर्यातमा सबैभन्दा ठूलो योगदान पुर्‍याएपछि सम्मानितसमेत भइसकेको व्रजेश्वरी समूहका अध्यक्ष एसपी ढकालले बताए ।

भारत सरकारले आयातीत बेबी हाइजिन उत्पादनमा बीआईएस प्रमाणपत्र अनिवार्य गरेपछि विगत ६ महिनादेखि निर्यात प्रक्रिया रोकिएको थियो । उद्योगले पछि बीआईएसका कडा मापदण्ड पालना गरेर निर्यात प्रमाणपत्र प्राप्त गर्न सफल भएको आगामी वर्ष भारतमा निर्यात ५० करोड रुपैयाँ बढीले वृद्धि गर्ने अपेक्षा राखिएको ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्