Logo

धान दिवस: मानो छरेर मुरी उब्जाउने दिन

नेपाल सरकारले चालु आर्थिक वर्ष २०८१–८२ मा धान उत्पादन वृद्धि हुने अनुमान गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा धानको उत्पादन ४.४ प्रतिशतले बढ्ने अनुमान छ । गत आर्थिक वर्ष धानको उत्पादन ४.३ प्रतिशतले बढेको थियो ।

धान नेपालको प्रमुख प्रमुख खाद्यबाली हो, जसले देशको खाद्य सुरक्षा र कृषि अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्छ । नेपालको अर्थतन्त्र कृषिमा धेरै निर्भर छ । धानखेतीले जिडिपीमा महत्वपूर्ण योगदान पुर्‍याउँछ र जनसंख्याको ठूलो हिस्साका लागि जीविकोपार्जन प्रदान गर्छ ।

धान उत्पादनका प्रमुख पक्ष: धान नेपालको सबैभन्दा महत्वपूर्ण खाद्य बाली हो, जसको प्रतिव्यक्ति खपत उच्च छ । नेपालले पर्याप्त मात्रामा धान उत्पादन गर्छ, जसमा तराई क्षेत्र प्रमुख उत्पादन क्षेत्र हो ।

चुनौती: किसानले जलवायु परिवर्तनको प्रभाव (अप्रत्याशित वर्षा, असिना), कीरा र रोगको प्रकोप, राम्रो सिँचाइ र प्रविधिको आवश्यकताजस्ता चुनौतीहरूको सामना गर्छन् । प्रत्यक्ष बीउ राखिएको धान, सुधारिएको सिँचाइ प्रणाली र राम्रो खेती अभ्यासजस्ता नयाँ प्रविधिहरू अपनाएर उत्पादकत्व सुधार गर्ने सम्भावना छ ।

आर्थिक महत्व: धानखेतीले नेपालको कुल गार्हस्थ्य उत्पादनमा उल्लेखनीय योगदान पुर्‍याउँछ र जनसंख्याको ठूलो हिस्सालाई जीविकोपार्जन प्रदान गर्छ । तराई क्षेत्र उच्च धान उत्पादनका लागि परिचित छ, जबकि पहाडी क्षेत्रले खाद्य सुरक्षासँग सम्बन्धित चुनौतीहरूको सामना गरिरहेका छन् । जलवायु परिवर्तनले धानखेतीलाई बढ्दो रूपमा असर गरिरहेको छ । अनियमित वर्षा ढाँचाले रोपण तालिका र बाली उत्पादनलाई असर गरिरहेको छ ।

चालू आर्थिक वर्षमा मुद्रास्फीतिलाई ५.५ प्रतिशतको सीमाभित्र राख्न सहयोग पुग्ने गरी मौद्रिक व्यवस्थापन गर्ने लक्ष्य रहेकोमा समीक्षा अवधिमा उपभोक्ता मूल्य सूचकांकमा आधारित औसत मुद्रास्फीति ४.९७ प्रतिशत कायम रहेको छ । समीक्षा अवधिमा बृहत् मुद्राप्रदाय ३.९ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष सोही अवधिमा उक्त मुद्राप्रदाय ६.५ प्रतिशतले बढेको थियो ।

धान बाली: क्षेत्रफल घट्दै उत्पादन र उत्पादकत्व बढ्दै
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार केही वर्षदेखि लगातार धान बाली हुने क्षेत्रफल घट्दै गएको छ । तर, धानको उत्पादन भने बढ्दो क्रममा छ । पछिल्लो पाँच वर्षमा धान बाली हुने क्षेत्रफल ५२ हजार हेक्टर घटेको छ । तर, उत्पादन भने ३ लाख मेट्रिक टनले बढेको छ ।

सरसरी समीक्षा गर्ने हो भने चालु आर्थिक वर्षमा धान बालीको कुल उत्पादन ५९ लाख ५५ हजार ४ सय ७६ मेट्रिक टन हुने प्रारम्भिक अनुमान कृषि मन्त्रालयले सार्वजनिक गरेको छ । यो उत्पादन गत आर्थिक वर्षको तुलनामा ४.०४ प्रतिशतले बढी हो । त्यसर्थ, धान बाली लगाइएको क्षेत्रफलमा सामान्य कमी आए पनि उत्पादकत्वमा आएको सकारात्मक वृद्धिले उत्पादन बढेको मन्त्रालयको दाबी छ ।

वर्षे र चैते दुवै गरी चालु आर्थिक वर्षमा कुल १४ लाख २० हजार ६ सय ३६ हेक्टर क्षेत्रफलमा धान रोपिएको थियो । यो क्षेत्रफल गत आर्थिक वर्षको तुलनामा १.२८ प्रतिशतले कम हो ।

धान बालीको क्षेत्रफल घट्नु तर उत्पादन बढ्नुमा विविध कारण रहेको धारणा र अभिमत राखिन्छ । धान बालीको क्षेत्रफल घटे पनि उत्पादन बढ्नुमा सक्रिय मनसुन, रासायनिक मलको उपलब्धता, उन्नत तथा विकासे जातको प्रयोगलगायत कारण रहेको कुरा सार्वजनिक भएको छ । उत्पादकत्व बढे उत्पादन स्वतः बढी हुने सर्वमान्य सिद्धान्त छ ।
पछिल्लो समय व्यावसायिक रूपमा धानखेती गर्ने किसान पनि बढेका छन् । उनीहरूले विभिन्न तालिम, अनुभव तथा अध्ययन गरेका कारण पनि थोरै क्षेत्रफलमा कसरी धेरै फलाउने भन्ने बुझेका छन् । यसमा थप रोप्ने बेलादेखि भित्र्याउने बेलासम्म यान्त्रीकरणको प्रयोग पनि बढेको छ ।

मनसुन र आर्थिक समृद्धि: नेपालको आर्थिक समृद्धि मनसुनसँग घनिष्ठ रूपमा जोडिएको छ । झन्डै दुईतिहाइ खेतीयोग्य जमिनमा सिँचाइको राम्रो स्रोत नभएकाले कृषिमा निर्भर रहेको नेपालको करिब ४.८५ ट्रिलियन रुपैयाँको अर्थतन्त्र वर्षाको पानीमा निर्भर रहेको छ ।

धानको उत्पादन बढी हुँदाको वर्ष समग्र आर्थिक वृद्धिदरमै ठूलो सहयोग पुग्ने गरेको छ । नेपालको समग्र कृषि उत्पादनमा धानको मात्रै योगदान करिब १३ प्रतिशत छ । कृषि मन्त्रालयका अनुसार धानको उत्पादकत्व यो वर्ष सबैभन्दा बढी भएको छ ।

हाल नेपालमा धानको औसत उत्पादकत्व ४.१९ मेट्रिक टन प्रतिहेक्टरमा पुगेको छ । यो उत्पादकत्व हालसम्मको उच्च बिन्दु रहेको मन्त्रालयको भनाइ छ । नेपालमा पाँच वर्षअघि आर्थिक वर्ष २०७७–७८ मा धानको उत्पादकत्व ३.८२ मेट्रिक टन प्रतिहेक्टर थियो ।

चैते धान बिक्रीमा भने सकस: तराईका जिल्लामा चैते धान भिœयाउने समय छ । किसानलाई धान तह लगाउन भने सास्ती छ । सरकार समर्थन मूल्य तोक्छ तर सरकारी कम्पनीले चैते धान किन्दैन । व्यवसायीले सकेसम्म सस्तोमा खरिद गर्छन् । लागत पनि उठाउन सकस पर्दा चैते धानप्रति किसान निरुत्साहित हुने देखिएको छ ।

आर्थिक वर्ष २०८२-८३ मा सरकारले चैते धानको उत्पादन बढाउने लक्ष्य राखेको छ । तराई र भित्री पहाडी २२ जिल्लामा चैते धान प्रवद्र्धन कार्यक्रम सञ्चालनमा ल्याउने योजना रहेको देखिन्छ ।

१५ आषाढ: राष्ट्रिय धान दिवस
हरेक वर्षको असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा पनि मनाउने चलन छ । यस वर्ष नेपालभर २२ औँ धान दिवस मनाइँदै छ । किसानको मनोबल उच्च राख्न र कृषि पेसाका समस्या र समस्यालाई चिन्तन गर्न यो दिनको विशेष महत्व छ । विगतलाई सरसरी हेर्दा, नेपालमा वि.सं २०६१ देखि ‘राष्ट्रिय धान दिवस’ औपचारिक रूपमा मनाउन थालिएको देखिन्छ । तर, शताब्दीयौँदेखि असार १५ गते दहीचिउरा खाने, धान रोप्ने र पर्व मनाउने चलन रहँदै आएको छ ।

धान रोप्ने र न्यूनतम उपभोग गरेर अधिकतम उब्जाउने यो महिनालाई ‘मानो खाई मुरी उब्जाउने’ भनिन्छ, यो महिना कृषि कार्यका लागि विशेष मानिन्छ । नेपालमा पर्याप्त मात्रामा चामल उत्पादन भए पनि मुलुकमा ठूलो माग रहेको राम्रो चामल अपुग छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालको कुल धान उत्पादनको करिब ७० प्रतिशत मोटा चामलको वर्गमा आउँछ, जुन देशमा खानाका रूपमा प्रयोग गरिने धानको लोकप्रिय जात होइन ।

आम नेपालीको आम्दानीमा भएको वृद्धि र दैनिक खानामा चामल खाने संस्कृतिका कारण लामो दाना धानको जात नेपालमा लोकप्रिय बन्दै गएकाले विगत दुई दशकदेखि नेपाल आयातित लामो दानाको चामलमा निर्भर हुँदै गएको हो ।

छिमेकीसँगको निर्भरता: विगतमा नेपालको बढ्दो निर्भरताका बीच भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएपछि चामलको बजार मूल्य उकालो लागेको थियो । तर, भारतले निर्यातमा लगाएको प्रतिबन्ध नेपालका लागि स्वदेशी चामल र अन्य खाद्यान्नको उपभोग प्रवद्र्धन गर्नका लागि वरदान हुन सक्ने अधिकारी र विज्ञहरूले बताएका थिए र सो कुराको स्मरण हुन्छ ।

कृषि मन्त्रालयअन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमका अनुसार गत आर्थिक वर्ष र यस वर्ष पनि राष्ट्रिय जनसंख्याका लागि पर्याप्त धान उत्पादन भएकाले आयातमा कमी आएपछि खाद्य सुरक्षाको चिन्ता लिनुपर्ने अवस्था नरहेको कुरा सार्वजनिक भएको छ ।

नेपालमा असार महिनाको सामाजिक र आर्थिक मात्रै नभएर सांस्कृतिक रूपमा पनि महत्व छ । पुस्तौँदेखि असार महिनामा धान रोप्ने खेतमा विभिन्न रोमाञ्चक एवं लोकप्रिय गीतहरू लेखिएको र गाइँदै आएको छ । धान रोप्ने क्रममा असारे गीत गाइने भएकाले श्रमजीवी किसानले आफ्नो थकान बिर्सेर लामो समयसम्म काम गर्न सकून् भनेर सरल र बिस्तारै गाइन्छ । तर, मल अभावका कारण नेपाली कृषक सधैँ मारमा परेकाले प्रत्येक वर्ष धान रोप्ने सिजनअगावै संकटबाट बच्न भारतबाट रासायनिक मल ल्याउने प्रयास भए पनि त्यो सार्थक भएन ।

नेपालको अर्थतन्त्रको मुख्य आधार कृषि हो, कुल श्रमशक्तिको करिब ६० प्रतिशत रोजगारी र राष्ट्रिय अर्थतन्त्रमा करिब २६ प्रतिशत योगदान कृषिको रहेको छ । भारतबाट अपेक्षित ढुवानी हुन नसकेमा अन्य देशबाट मल ल्याउने ‘प्लान बी’ मा पनि सरकार थियो ।

असार वर्षाको उत्कर्षको समय हो । तर, झरीका थोपाहरू कुनै पनि वर्ष सबैतिर समान भने हुँदैनन् । कहाँ–कहाँ पर्याप्त पानी पर्‍यो र कता–कता पानी नपरेर धानको बीउ नै सुक्यो भन्ने कुराको फेहरिस्त हरेक वर्ष फरक–फरक हुने गर्छ ।

हामी खेतबारी बाँझो राखेर बोराका बोरा चामल, दाल, गहुँ आदि आयात गर्ने गर्छौं, जुन नेपाली स्वाभिमान अनि कृषिकर्मको आदर्शविरुद्ध हो भन्दा फरक पर्दैन । हाम्रा माटो अनि खोलाका पानीको घनत्वको गहिराइसम्म उत्पादकत्व अनि पौरख लुकेको छ । देशमा धानको उत्पादन वृद्धि गरी खाद्य सुरक्षाको अवस्था सुधार गर्न, धानमा आत्मनिर्भर बन्न र उत्पादनलाई उद्योगसँग जोड्दै रोजगारी र आयमा वृद्धि गर्न सकिने आधारहरू रहे पनि त्यो लागू हुन सकेन ।

चामल विश्वमा सबभन्दा राम्रो, पौष्टिक र मुख्य प्रयोगमा आउने बाली हो । नेपालको सन्दर्भमा, चामल निःसन्देह सबैभन्दा महत्वपूर्ण अन्न हो । हाम्रो सांस्कृतिक मान्यताअनुसार १५ असारलाई धान रोप्ने शुभ दिनका रूपमा लिइन्छ । हलगोरुले हिल्याएको हिलोमा छुपुछुपु धान रोपेर आपसमा रमाउँदै रोपाहार र बाउसेहरू एकापसमा हिलो छ्यापाछ्याप गरी हिलो खेलेर अन्न दिने माटोलाई माया गर्छन् र गीतका भाकामार्फत आपसमा माया–पिरतीसमेत साट्ने गर्छन्:
असारे मासको दबदबे हिलो छिः मलाई घिन लाग्यो,
पातली नानीलाई फरिया किन्दा ६ बीस रिन लाग्यो ।
खडेरीले फाटेको यो मन असारमै जोडौँला,
लाठे बनी आउ कान्छा, सँगै पिरती गाँसौँला…. ।

निष्कर्षमा, धान उत्पादनले चुनौतीहरूको सामना गरिरहेको भए पनि यो नेपालको खाद्य सुरक्षा र कृषि अर्थतन्त्रका लागि महत्वपूर्ण बाली बनेको छ । प्राविधिक प्रगति र सुधारिएको कृषि अभ्यासमार्फत उत्पादकत्व सुधार गर्ने र जलवायु परिवर्तनजस्ता चुनौतीहरूलाई सम्बोधन गर्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्