Logo

लक्ष्मी सनराइज बैंकको आईएफसीसँग सम्झौता

काठमाडौं– लक्ष्मी सनराइज बैंकले इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आईएफसी) सँग रणनीतिक साझेदारी सम्झौता गरेको छ । सम्झौता सूचना प्रविधि, बजार, कर्जा र सञ्चालन जोखिम व्यवस्थापनलाई सुदृढ बनाउनुका साथै जलवायु फाइनान्स एवं सप्लाइ चेन फाइनान्सजस्ता दिगो वित्त एवं आपूर्ति वित्तको प्रवर्द्धनका दुई मुख्य क्षेत्रमा पहल केन्द्रित रहेको बैंकले जनाएको छ ।

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत अजय शाह र आईएफसीका दक्षिण एसिया क्षेत्रीय प्रबन्धक मेहदी चेरकाउईले हस्ताक्षर गरेका थिए । बैंकका अनुसार साझेदारीले दिगोपनको आधार निर्माण, जोखिम व्यवस्थापनमा सुधार र ग्राहकको दीर्घकालीन हितलाई प्राथमिकता दिने प्रतिबद्धता सुदृढ बनाउनेछ ।

प्रतिक्रिया दिनुहोस्