विराटनगरमा किया सोरुम

काठमाडौं– नेपालका लागि दक्षिण कोरियाली अटोमोबाइल कम्पनी कियाको अधिकृत बिक्रेता कन्टिनेन्टल टे्रडिङ इन्टरप्राइजेजले विराटनगरमा सोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले नयाँ किया सीआई २.० मापदण्डअनुसार अपडेटेड सोरुम खोलेको हो ।
कन्टिनेन्टल टे्रडिङअन्तर्गत सञ्चालन हुने यो नयाँ सोरुममा विश्वविख्यात दक्षिण कोरियाली अटो ब्रान्ड कियाका नेपालमा उपलब्ध सबै भेरियन्टका इन्धन र विद्युतीय सवारीसाधन उपलब्ध हुनेछन् । सोरुम सञ्चालन अवसरमा कम्पनीले असार १४ देखि १६ सम्म तीनदिने फ्ल्यास एक्सचेन्ज क्याम्प आयोजना गरिरहेको छ । किया फ्लास एक्सचेन्ज क्याम्पमा जुनसुकै पुराना गाडीसँग कियाका नयाँ गाडी साट्न सकिनेछ ।
एक्सचेन्जका लागि ल्याइने पुराना गाडीलाई आकर्षक मूल्य दिइने कम्पनीले जनाएको छ । अफर एक्सचेन्ज क्याम्प अवधिमा बुकिङ हुने सवारी साधनमा लागू हुनेछ । क्याम्पमा किया गाडीको टेस्ट ड्राइभ पनि गर्न पाइनेछ भने नयाँ फेसलिफ्ट सेल्टोस, सोनेट र कारेन्सको २०२५ मोडलको टेस्ट ड्राइभ गर्न सकिनेछ । गाडी खरिदकर्तालाई सहज तरिकाले बैंक, वित्तीय संस्थाबाट फाइनान्सको व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।