Logo

नेपाल एसबीआई मर्चेन्ट बैंकिङको सीईओमा भण्डारी

काठमाडौं– नेपाल एसबीआई मर्चेन्ट बैंकिङले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सन्तोषकुमार भण्डारीलाई नियुक्त गरेको छ । कम्पनीको असार १३ को सञ्चालक समितिको ७१औं बैठकले भण्डारीलाई सीईओ नियुक्त गरेको हो ।

भण्डारीले बैंकको सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख, वित्त तथा योजना विभाग प्रमुख, लेखा परीक्षण विभाग अधिकृतको जिम्मेवारी सम्हालिसकेका छन् । बैंकिङ तथा वित्तीय क्षेत्रमा १६ वर्ष बढीको कार्यानुभव रहेका भण्डारीको नेतृत्वमा संस्थाले थप प्रगति गर्ने कम्पनीले विश्वास लिएको छ । नेपाल एसबीआई बैंक स्वामित्वको सहायक कम्पनीको रूपमा स्थापित कम्पनीको चुक्ता पुँजी २० करोड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्