राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ता आज «

राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ता आज

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिका लागि आज उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ । नेपालको संविधान कार्यान्वयन गर्ने सन्दर्भमा सविधानसभा र राष्ट्रियसभाको निर्वाचनपछि यही फागुन २९ गते मंगलबार राष्ट्रपतिको निर्वाचन हुन लागेको हो । सो निर्वाचनका लागि मतदानको समय बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म तोकिएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिका लागि आज उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ । नेपालको संविधान कार्यान्वयन गर्ने सन्दर्भमा सविधानसभा र राष्ट्रियसभाको निर्वाचनपछि यही फागुन २९ गते मंगलबार राष्ट्रपतिको निर्वाचन हुन लागेको हो । सो निर्वाचनका लागि मतदानको समय बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म तोकिएको छ । राष्ट्रपति निर्वाचनका लागि बुधबार १० बजेदेखि अपराह्न २ बजेसम्म उम्मेदवारी दर्ता कार्यक्रम रहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । निर्वाचन कार्यक्रम अनुसार फागुन २४ गते बिहीबार साँझ ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । उक्त निर्वाचनको सिलसिलामा निर्वाचन आयोगले मतदाता नामावलीको अन्तिम सूची आज सार्वजनिक गरेको छ । आयोगका प्रवक्ता ढकालका अनुसार राष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्य गरी ८८० जना मतदाता कायम रहेका छन् । सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभामा मनोनित तीन जना र प्रदेश सभा सदस्य राजीव गुरुङको नाम भने मतदाता नामावलीमा समावेश छैन । उक्त निर्वाचनका लागि नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा मतदान केन्द्र कायम गरिएको छ ।

बक्समतदाता नामवली सार्वजनिक
काठमाडौं – निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनका लागि अन्तिम नामावली सार्वजनिक गरेको छ । फागुन २९ गते हुने निर्वाचनका लागि आयोगले मंगलबार अन्तिम मतदाता नामावली प्रकाशित गरेको हो । आयोगले राष्ट्रपति निर्वाचनमा मतदान गर्न पाउने संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्यहरुको नामावली प्रकाशित गरेको हो । फागुन २९ गते बिहान १० बजेदेखि ३ बजेसम्म राष्ट्रपति निर्वाचनको मतदान हुने आयोगले जनाएको छ । यस्तै फागुन २३ गते बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म राष्ट्रपतिका उम्मेदवारको मनोनयन दर्ताको समय तोकिएको छ । फागुन २४ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुनेछ । उम्मेदवारको सूची प्रकाशन सोही दिनको दिउँसो ३ बजे गरिनेछ ।उम्मेदवारको दाबी–विरोधमा उजुरी दिने समय २३ फागुन ३ बजेबाट २४ फागुन २ बजेसम्म छुट्याइएको छ । २४ फागुन दिउँसो २ बजेबाट ३ बजेसम्म मनोनयनपत्र र उजुरीपत्रउपर जाँचबुझ गरिनेछ । मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन २४ फागुन ३ देखि ४ बजेसम्म हुनेछ ।उम्मेदवारलाई नाम फिर्ता लिने समय २४ फागुन साढे ४ देखि साढे ५ बजेसम्मको समय छुट्याइएको छ भने उम्मेदवारको अन्तिम नामावली प्रकाशन २४ फागुन साँझ ६ बजे हुनेछ ।संविधानले राष्ट्रपति निर्वाचनमा प्रदेश सभा, प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्य मतदाता हुने व्यवस्था गरेको छ । सातै प्रदेशबाट प्रदेश सांसदमा ५५० जना, प्रतिनिधिसभामा २७५ जना र राष्ट्रिय सभामा निर्वाचनबाट ५६ जना निर्वाचितसदस्य छानिएका छन् ।राष्ट्रपति निर्वाचनमा प्रदेश सांसद र संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रिय सभा) को मतभार भने फरक–फरक तय गरिएको छ । संघीय संसद्को एक मतबराबर ७९ र प्रदेश सांसदको एक मतबराबर ४८ मतभार तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्