धनगढीमा क्रेटा ईभी सार्वजनिक

काठमाडौं– नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले कैलालीको धनगढीमा नयाँ क्रेटा ईभी सार्वजनिक गरेको छ । कम्पनीले धनगढीस्थित हुन्डाईको डिलर दिनेश फोर ह्वील्स प्रालिमा नयाँ क्रेटा ईभी सार्वजनिक गरेको हो । उक्त अवसरमा ग्राहक अन्तरक्रिया र क्रेटा ईभीसहित हुन्डाईका अरु नयाँ मोडल पनि प्रदर्शन गरिएको कम्पनीले जनाएको जनाएको छ ।
कम्पनीका प्रतिनिधिले कार्यक्रममा सहभागीसँग प्रत्यक्ष संवाद गर्दै हुन्डाई गाडीसम्बन्धी विस्तृत जानकारी र आवश्यक जिज्ञासाको समाधान गरेका थिए । नयाँ क्रेटा ईभी खरिद गर्दा स्पेयर पाट्र्सको उपलब्धता, सेवाशुल्क र दीर्घकालीन ब्रान्ड सपोर्टको विषयमा कम्पनीका प्रतिनिधिले ग्राहकलाई आवश्यक सुझाव दिने गरेका छन् ।
हुन्डाई नेपालले देशमै क्रेटा आईसीई पेट्रोल मोडल निर्माण थालिसकेको छ भने क्रेटा ईभी तथा आईसीई दुवै मोडलमा एउटै प्लेटफर्म प्रयोग हुने भएकाले गाडी खरिदपछिको सेवा–सुविधामा ग्राहकलाई कुनै नहुने कम्पनीको दाबी छ । कम्पनीले हाल देशभरका विभिन्न ठाउँमा रिल्याक्स डीसी र एसी गरी ६६ चार्ज स्टेसन सञ्चालनमा ल्याइएको जनाएको छ ।