आजदेखि ‘सिटिजन्स सदावहार योजना’को इकाइ बिक्री

काठमाडौं– सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सिटिजन्स बैंक इन्टरनेसनल कोष प्रवर्द्धक तथा सिटिजन्स क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको प्रथम खुलामुखी योजनाको इकाइ बिक्री शुक्रबारदेखि खुलाइने भएको छ ।
कम्पनीले धितोपत्र बोर्डबाट ५० करोडको सिटिजन्स सदावहार योजना सञ्चालन अनुमति पाएको छ । शुक्रबारदेखि बिक्री गर्ने योजनाको इकाइ निष्कासन अवधि असार १७ सम्म रहने कम्पनीले जनाएको छ ।
तोकिएको समय सबै इकाइ बिक्री नभए असार २७ सम्म खुला रहनेछ । सिटिजन्स सदाबहार योजना खरिद गर्न मेरो सेयर खातामार्फत वा धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखाबाट आवेदन दिन सकिनेछ ।
योजनामा सहभागी हुन न्यूनतम एक सय र अधिकतम पाँच लाख इकाइ खरिद आवेदन दिन सकिनेछ । योजनाको प्रथम चरणमा निष्कासित इकाइ बाँडफाँटपछि नियामक निकायको स्वीकृति लिई एसआईपीमार्फत थप इकाइ निष्कासन व्यवस्था गरिने कम्पनीले जनाएको छ ।