Logo

एकैदिन २९ सय घट्यो सुनको मूल्य

काठमाडौं- सुनचाँदीको मूल्य घटेको छ । बिहीबार तीन सय बढेको सुनको मूल्य शुक्रबार प्रतितोला दुई हजार नौ सय रूपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ८९ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, शुक्रबार चाँदीको मूल्य प्रतितोला १० रूपैयाँ घटेको हो । बिहीबार चाँदी प्रतितोला दुई हजार एक सय ७५ रूपैयाँमा कारोबार भइरहेकोमा शुक्रबार प्रतितोला दुई हजार एक सय ६५ रूपैयाँ किनबेच भइरहेको छ । शुक्रबार अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३२ सय ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्