Logo

पञ्चकन्या ग्रुपद्वारा दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतको स्वागत

काठमाडौं– पञ्चकन्या ग्रुपका प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठले नेपालका लागि दक्षिण अफ्रिकाका लागि नवनियुक्त राजदूत प्राध्यापक अनिल सुकलाल दम्पतीको स्वागत गरेका छन् ।

दक्षिण अफ्रिकाका लागि मानार्थ वाणिज्यदूत समेत रहेका श्रेष्ठले ललितपुरमा अवस्थित वाणिज्यदूत कार्यालयमा बुधबार दक्षिण अफ्रिकाका लागि नवनियुक्त राजदूत सुकलाल र उनकी श्रीमती डा.निलीस्त्र सुकलाल सिंहलाई स्वागत गरेका हुन् ।

उक्त अवसरमा राजदूत र मानार्थ वाणिज्यदूतले द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्दै दुई देशबीच व्यापारिक अवसरको खोजी गर्नेबारे छलफल गरेका थिए । नेपाल र दक्षिण अफ्रिकाबीच उच्चस्तरीय प्रतिनिधिमण्डलसहितको भेटघाट तथा अनुभव आदान–प्रदानको विषयमा समेत छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्