एलआईसी नेपालको पोखराको तालचोकमा शाखा «

एलआईसी नेपालको पोखराको तालचोकमा शाखा

पोखरा- लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेड (एलआईसी )को पोखराको तालचोकमा शाखा सञ्चालनमा आएको छ । कम्पनीको ७१ औं शाखाका रूपमा साविक लेखनाथको तालचोकमा स्थापना गरिएको कार्यालय प्रमुख कार्यकारी अधिकृत एलपी दाँसले शुक्रबार एक समारोहकाबीच उद्घाटन गरेका हुन् ।
नेपाल अधिराज्यभर शाखा सञ्जाल रहेको बताउँदै उनले बिमाको महत्व ग्रामीण तहसम्म पु-याउन नसक्दा र जीवन बिमालाई अनिवार्य सर्त नमानिय पनि मानव जीवनका लागि जीवन बिमा अनिवार्य भएको बताए । सिईओ दाँसले बिमाको पौच उपल्लो तहमा पुगे पनि तल्लो तहसम्म विमाको पौच नपुगेकाले एल आई सी नेपालले सबै क्षेत्रमा आफनो सञ्जाल विस्तार गरी जनताको घरदैलोमा विमाको महत्व बुझाउने योजना ल्याएको धारणा राखेका थिए ।
सोही अवसरमा कम्पनीका साहायक कार्यकारी अधिकृत टी वरुवालले एलआईसीसँग भएको लायफ कोषले बिमितलाई फाइदा पुगेकाले कम्पनी विमितको हितमा रहेर काम गरेको विचार राख्दै विमा क्षेत्रमा एलआईसी सदैव पहिलो हुने र कुनै पनि अवस्थामा दोस्रो नहुने ठोकुवा गरेका थिए ।
सोही अवसरमा कम्पनीका आइटी प्रमुख संजिव अग्रवालले विमित र एजेण्टका लागि नयाँ–नयाँ प्रविधि ल्याएर काम गर्ने र अव छिट्टै जुनसुकै शाखाबाट पनि सबै सेवा प्रदान हुने गरी काम भएको विचार राखेका थिए भने एलआईसी नेपालका गण्डकी प्रदेश प्रमुख सुजित ठाकुर र वरिष्ठ एजेन्सी म्यानेजर केदारनाथ अधिकारीले जीवन बिमा अनुसाशित बचत, लगानी, आर्थिक सुरक्षा र अपत विपतको सम्पत्ति भएको विचार राखेका थिए ।
लेखनाथ शाखाका शाखा प्रमुख सञ्जीव खनालले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य पेसागत बिमा अभिकर्ता संघ एलआईसी नेपाल पोखराका अध्यक्ष रामप्रसाद आचार्यले गरेका थिए भने धन्यवाद ज्ञापन वरिष्ठ अभिकर्ता भीमपाणि बरालले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्