Logo

मन्जुश्रीको स्मार्ट डिपोजिट सेवा

काठमाडौं– मञ्जुश्री फाइनान्सले खल्तीसँगको सहकार्यमा डिजिटल वालेटमार्फत बचत गर्न सकिने स्मार्ट डिपोजिट सुविधा सुरु गरेको छ । यो सुविधाले वित्तीय कारोबारमा प्रविधि प्रयोगलाई थप व्यापक बनाउने कम्पनीले बताएको छ । खल्तीमार्फत वित्तीय कारोबार गरिरहेका सबै ग्राहक सदस्यले सजिलै मन्जुश्रीमा खाता खोल्न र कारोबार गर्न सक्नेछन् ।

यसले वित्तीय संस्थामा गएर खाता खोल्न खर्चिनुपर्ने समय बचत हुनेछ भने वित्तीय कारोबार गर्न झनै सहज हुने विश्वास कम्पनीका सीईओ तेजराज तिमिलसिनाले बताए । सेवामार्फत खल्ती प्रयोगकर्ताले आफ्नो वालेटबाटै दैनिक, साप्ताहिक वा मासिक रूपमा निश्चित रकम बचत गर्न सक्नेछन् । बचत अवधि ६ महिना देखि ६० महिनासम्म चयन गर्न मिल्नेछ भने न्यूनतम १०० रुपैयाँबाट सुरुआत गर्न सकिने सुविधा रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्