Logo

नेशनल लाइफकी अध्यक्ष सिंहद्वारा पद तथा गोपनियताको सपथ

काठमाडौं- नेशनल लाइफ इन्स्योरेन्सकी अध्यक्ष प्रेमाराज्य लक्ष्मी सिंहले पथ तथा गोपनियताको सपथ लिएकी छिन् । उनले नेपाल बीमा प्राधिकरणको अध्यक्ष शरद ओझाबाट सपथ लिएकी हुन् ।

अध्यक्ष सिंहलाई एक कार्यक्रमका बीच बीमा ऐन २०७९ को दफा ४७ (६) को व्यवस्था अनुसार पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् । कम्पनीको गत बिहीबार भएको ३७औं वार्षिक साधारण सभाबाट कम्पनीको संचालक समितिको पूर्नगठन भइ सिंह संचालक समितिको अध्यक्षमा सर्वसम्मतिबाट पूर्ननिर्वाचित भएकी थिइन् ।

प्राधिकरणको अध्यक्ष ओझाले कम्पनीको पूर्ननिर्वाचित अध्यक्ष सिंहको सफल कार्यकालको लागि शुभकामना व्यक्त गरे । उक्त समारोहमा नेपाल बीमा प्राधिकरणबाट कार्यकारी निर्देशक सुशील देव सुवेदी र नेशनल लाइफ इन्स्योरेन्सकोतर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्