Logo

राजदूत सुकलालद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस

काठमाडौं– नेपालका लागि दक्षिण अफ्रिकाका राजदूत प्राध्यापक अनिल सुकलालले शीतलनिवासमा रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।

कार्यक्रममा राजदूत सुकलालले राष्ट्रपति पौडेलसमक्ष दक्षिण अफ्रिकाली समकक्षीबाट प्राप्त शुभकामना सन्देश हस्तान्तरण गरे ।

उक्त अवसरमा नेपालका तर्फबाट दक्षिण अफ्रिकाका लागि नियुक्त मानार्थ वाणिज्यदूत प्रदीपकुमार श्रेष्ठ र दक्षिण अफ्रिकी कूटनीतिक नियोगका प्रथम सचिव पिटरको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्