हाम्रोपात्रो एपमा बसियोको सुविधा

काठमाडौं– नेपाली पर्यटन र प्रविधि क्षेत्रलाई डिजिटल बनाउने उद्देश्यले अग्रणी भ्याकेसन रेन्टल प्लेटफर्म बसियोको सेवा अब हाम्रोपात्रो एपभित्रै उपलब्ध हुने भएको छ । प्रयोगकर्ताले हाम्रो पात्रो एपमार्फत सीधै होटल, होमस्टे, रिसोर्ट, भिल्ला, अपार्टमेन्टलगायतका स्टे बुकिङ गर्न सक्नेछन् ।
बसियोमा हाल नेपालला ३७ जिल्लाका सात सय ५० बढी प्रमाणित स्टेह सूचीकृत भइसकेका छन्, जुन हाम्रोपात्रो एप प्रयोगकर्ताका लागि प्रत्यक्ष पहुँचमा आउनेछ । बसियोका प्रबन्ध निर्देशक दीपक पौडेलले यस किसिमको सहकार्यले लाखौं प्रयोगकर्तासम्म सेवा पुर्याउन सघाउने बताए ।
बसियोले स्थानीय समुदाय, महिलाद्वारा सञ्चालित होमस्टे, सस्तादेखि पाँचतारे होटलसम्मलाई आफ्नो प्लेटफर्ममा समेटेको छ । एकीकृत सेवा सञ्चालन अवसरमा बसियोले मनसुन च्यान्पियनअन्तर्गत बुकिङमा १० प्रतिशत छुट तथा अन्य आकर्षक अफर उपलब्ध गराइरहेको छ । प्रयोगकर्ताले बुकिङ्ग गर्दा प्रमोकोड मनसुन वीथ बसियो प्रयोग गरेर यो छुट पाउन सक्छन् ।