नेपालगञ्जमा क्रेटा ईभी सार्वजनिक

काठमाडौं– हुन्डाई नेपालले बाँकेको नेपालगञ्जमा क्रेटा ईभी सार्वजनिक गरेको छ । नेपालमा हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालगञ्ज क्षेत्रमा नयाँ क्रेटा ईभी सार्वजनिक गर्दै ग्राहक लक्षित अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।
कम्पनीले हुन्डाईको आधिकारिक डिलर हिम इन्टरकन्टिनेन्टलमा नेपालगञ्जमा नयाँ क्रेटा ईभी सार्वजनिक गरेको थियो। उक्त कार्यक्रममा हुन्डाईका अरु नयाँ मोडल पनि प्रदर्शन गरिएका थिए । कार्यक्रममा क्रेटा ईभीका चार वटाभन्दा बढी युनिट बुकिङ भएका थिए भने चार वटा क्रेटा ईभी ग्राहकलाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले नयाँ क्रेटा ईभी खरिद गरेका नेपालगञ्ज क्षेत्रका ग्राहकबाट व्यक्त सबै जिज्ञासाको समाधान गरिएको जनाएको छ । लक्ष्मी हुन्डाईले ईभी इकोसिस्टमलाई अझै मजबुत बनाउन रिल्याक्स चार्जिङ नेटवर्क विस्तार गर्दै छ, जसअन्तर्गत अहिले देशभरका विभिन्न ठाउँमा रिल्याक्स डीसी र एसी गरी ६६ चार्जर स्टेसन सञ्चालनमा ल्याइसकेको छ ।