पोखरा–काठमाडौं सुपर डिलक्स बस सेवा सुरु

पोखरा– पर्यटन राजधानी पोखरादेखि काठमाडौंसम्म सुविधा सम्पन्न बस सेवा सञ्चालन गरिएको छ । कोइली ट्राभल्सले पोखराको हेमजाबाट काठमाडौंको भक्तपुरसम्म नयाँ सुपर डिलक्स बस सेवा सञ्चालनमा ल्याएको हो ।
सात महिनादेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्दै आएको कोइली ट्राभल्सले आइतबारदेखि दिवा सेवासमेत सञ्चालन गरेको सञ्चालक मेघराज त्रिपाठीले बताए । यात्रुको माग र चापका कारण थप सेवा विस्तार गरेको उनको भनाइ छ ।
बसको सिल्परमा एउटा सिंगल र दुई वटामा दुई जना सुत्न मिल्ने व्यवस्था, यात्रुलाई खाजा, कफी, कोक, चिसोतातो पानीको व्यवस्था रहेको उनले बताए । बस हेमजाबाट बिहान ६ बजे छुट्नेछ भने काठमाडौं–भक्तपुर रुट हुँदै पोखराका लागि बिहान ६:३० बजे छुट्नेछ । दुईवटा बसको करिब २ करोड ३० लाख लगानीमा सञ्चालनमा ल्याइएको त्रिपाठीले बताए ।