Logo

ईसेवा मनी ट्रान्सफर–टच एन गो वालेट सम्झौता

काठमाडौं– डिजिटल रेमिट्यान्स सेवाप्रदायक ईसेवा मनी ट्रान्सफर र टच एन गो वालेटबीच मलेसियामा बस्ने नेपालीलाई सामाजिक सुरक्षा कोषमा डिजिटल माध्यमबाट सेवा दिन सक्ने सम्झौता भएको छ । सम्झौतामा टीएनजी डिजिटल रेमिट्यान्सका प्रमुख कार्यकारी अधिकृत सर्भेस्वरेन राजा गोपाल र ईसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले हस्ताक्षर गरेका हुन् ।

सम्झौतापछि अब मलेसियामा रहेका नेपालीले टच एन गो वालेटमार्फत सामाजिक सुरक्षा कोषमा सहज रूपमा योगदान दिन सक्ने कम्पनीले जनाएको छ । मलेसियामा बसोबास गर्ने नेपाली समुदायलाई सामाजिक सुरक्षा कोषमा सहज पहुँच उपलब्ध गराउन टच एन गो एपमार्फत साझेदारी गरिएको ईसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले बताए ।

प्रतिक्रिया दिनुहोस्