Logo

नेपाल बैंक–स्लाभिका आईभीएफ सेन्टर सम्झौता

काठमाडौं– नेपाल बैंकमा कार्यरत कर्मचारी र खातावाल ग्राहकले सिनामंगलमा अवस्थित आईभीएफ एन्ड रिसर्च सेन्टरमा उपचार गर्दा विशेष छुट पाउने सम्झौता भएको छ ।

सम्झौताअनुसार बैंकका सेवाग्राही र कर्मचारीले अस्पतालका विभिन्न उपचार सेवामा १० देखि २० प्रतिशतसम्म छुट पाउनुका साथै प्रसूति परामर्शसँगै आईभीएफ विशेष सेवामा शतप्रतिशतसम्म छुट पाउनेछन् ।

सम्झौतामा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र आईभीएफ एन्ड रिसर्च सेन्टरका अध्यक्ष अजयजंग कुँवरले हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्