Logo

मुक्तिनाथ विकास बैंकको शैक्षिक शुल्क भुक्तानी सेवा

काठमाडौं– मुक्तिनाथ विकास बैंकले विदेश अध्ययनका लागि जाने विद्यार्थीले भुक्तानी गर्नुपर्ने भिसा तथा शैक्षिक शुल्क तिर्न सकिने सकिने सेवा सुरु गरेको छ ।

एक्सपर्ट एजुकेसन तथा भिसा सर्भिस महाराजगञ्ज र बैंकबीच शैक्षिक शूल्क भुक्तानीसम्बन्धी सम्झौता भएको हो । सेवाअन्तर्गत उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने नेपाली विद्यार्थीले भिसा शुल्क, स्याट, सेभीज् शुल्क, पीटीई परीक्षा शुल्क, एप्लिकेसन शुल्क, जीम्याटलगायत शैक्षिक शुल्क बैंकबाट भुक्तानी गर्न सक्नेछन् ।

यो सेवा हालका लागि महाराजगञ्ज र कमलादी शाखाबाट सुरु गरिएको बैंकले जनाएको छ । बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिसा नेटवर्कअन्तर्गतका जुनसुकै बैंकको एटीएमबाट रकम झिक्दा विशेष छुट दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्