Logo

ग्लोबल आइएमईका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटलमा छुट

काठमाडौं– ग्लोबल आइएमई बैंकका कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले आइएमई हस्पिटालिटी र इला होटल एन्ड रिसोर्टमा १५ प्रतिशतसम्मको छुट पाउने भएका छन् । बैंक र आइएमई हस्पिटालिटी तथा इला कम्र्फोट एन्ड रिसोट प्रालिबीच ग्राहकलाई छुट दिनेसम्बन्धी सम्झौता भएको हो ।

सम्झौतामा बैंकका सहायक महाप्रबन्धक दिलीप पोखरेल र आइएमई हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत प्रशन्न अधिकारीले हस्ताक्षर गरे । सम्झौतापछि बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक एवं ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताले आइएमई हस्पिटालिटीद्वारा सञ्चालित होटल तथा रिसोर्टमा १५ प्रतिशत र मौलाकाली केबुलकार टिकटमा १० प्रतिशत छुट पाउनेछन् ।

काठमाडौंको होटल ले हिमालय लाजिम्पाट र साके एन्ड फेङ रेस्टुरेन्ट लाजिम्पाट, बागलुङको इला कम्फोर्ट, गंैडाकोटमा इला होटल एन्ड रिसोर्ट मौलाकाली र पोखराको लेकसाइट रिट्रिट आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकको आरामदायी बसाइका लागि प्रख्यात छन् । बैंकले ग्राहक सुविधालाई लक्षित गर्दै विभिन्न योजना ल्याउँदै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्