Logo

वित्तीय साक्षरता बढाउन ‘इन्भेस्टमेन्ट गुरु’

काठमाडौं– नेपाली लगानीकर्तालाई सेयर बजारसम्बन्धी ज्ञान दिने उद्देश्यले ‘इन्भेस्टमेन्ट गुरु’ नामक संस्था सञ्चालनमा आएको छ । कम्पनीका सीईओ अमित झाका अनुसार इन्भेस्टमेन्ट गुरु सर्वसाधारणलाई वित्तीय साक्षरता दिलाउने र सशक्त लगानीकर्ता तयार पार्ने लक्ष्यसहित स्थापना गरिएको हो ।

विशेषगरी नयाँ लगानीकर्ता तथा सेयर शिक्षा लिन चाहनेलाई लक्षित गरेर कक्षा सञ्चालन गरिने उनले जानकारी दिए । इन्भेस्टमेन्ट गुरुले अनलाइन र भौतिक दुवै माध्यमबाट सेयर शिक्षा उपलब्ध गराउनेछ । संस्थाबाट सेयर बजारका आधारभूत सिद्धान्त, लगानीका तरिका, जोखिम व्यवस्थापन, बजार विश्लेषण, प्रतिफल मूल्यांकनजस्ता विषयमा प्रशिक्षण, सेमिनार तथा परामर्श सेवा उपलब्ध गराइनेछ ।

प्रतिक्रिया दिनुहोस्