आरोहणमा मोमिला प्रस्तुत «

आरोहणमा मोमिला प्रस्तुत

विराटनगर-आरोहण गुरुकुल विराटनगरले आयोजना गरेको काव्यारोहण, आरोहण कविता यात्राको चौथो अनुक्रममा कवि मोमिला जोशी प्रस्तुत भइन् ।
हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा भएको एकल कविता वाचन कार्यक्रममा कवि मोमिलाले आफ्ना दर्जन बढी कविता वाचन गरिन् । कवि मोमिलाले नारि संवेदना, प्रेम, दर्शन आदी विषयमा लेखिएका दर्जन बढि कविता प्रस्तुत गरिन् । कवि मोमिलाको कविता सुन्न विराटनगरसहित काठमाडौं, धरान, इटहरीका साहित्यकार, विद्यार्थी, वुद्धिजिवीलगायतको उपस्थिति रहेको थियो ।
हरेक महिनाको पहिलो आज आयोजना हुने काव्यारोहण, आरोहण कविता यात्रामा यसअघि आयामेली कवि बैरागी काइँला, वरिष्ठ कवि तुलसी दिवस र बम देवान प्रस्तुत भइसकेका छन् । अग्रजहरूको सम्मानस्वरुप वरिष्ठ कविलाई हरेक महिना उपस्थित गराइने कार्यक्रम संयोजक धीरज राईले बताए । कविता सुनाइसकेपछि कवि मोमिलालाई आयोजकका तर्फबाट आरोहणका अध्यक्ष भैरव क्षेत्री र प्रा. डा. सन्देशदास श्रेष्ठले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे । नयाँ पुस्तालाई पुरानो पुस्तासँग परिचित गराउँदै कविताप्रति पाठकको आकर्षण बढाउन एकल कविता वाचन सुरु गरिएको अर्का कार्यक्रम संयोजक रमेशचन्द्र अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्