Logo

नागरिक लगानी कोषले हिमालयन बैंकको एफपीओ प्रत्याभूति गर्ने

काठमाडौं– नागरिक लगानी कोषले हिमालयन बैंकको थप सार्वजनिक निष्कासन (एफपीओ)को प्रत्याभूति गर्ने भएको छ ।

एफपीओ प्रत्याभूति सम्झौतामा आइतबार कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणाले हस्ताक्षर गरे ।

सम्झौतापछि बैंकले जारी गर्ने ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओको प्रत्याभूति कोषले गर्नेछ।

प्रतिक्रिया दिनुहोस्