प्रभु बैंकका ग्राहकलाई वेगनास लेक फ्रन्ट रेस्टुराँमा छुट

काठमाडौं– प्रभु बैंक र पोखरा महानगर–३१, वेगनास तालस्थित बेगनास लेक फ्रन्ट रेस्टुरेन्टबीच ग्राहकलाई छुट दिने सम्झौता भएको छ ।
सम्झौतापछि बैंकका ग्राहकले वेगनास तालको रमणीय दृश्य अवलोकन गर्दै रेस्टुरेन्टको खाना र आवास सुविधामा १० प्रतिशत छुट पाउनेछन् ।
सम्झौतामा वेगनास लेक फ्रन्ट रेस्टुरेन्टका प्रोप्राइटर विश्वराज पौडेल तथा प्रभु बैंक तालचोक शाखा प्रबन्धक प्रकाश पौडेलको हस्ताक्षर गरे ।