Logo

बीवाईडी डल्पिनको नयाँ मोडल सार्वजनिक

काठमाडौं- नेपालका लागि बीवाईडी गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले नेपालमा बीवाईडी डल्फिन २०२५ को नयाँ मोडल सार्वजनिक गरेको छ । कम्पनीले नयाँ गाडी सार्वजनिक गर्दै नेपालमा डल्फिनको २ हजार ४९० युनिट गाडी डेलिभरि भएको बताएको छ । साइमेक्स इंकका प्रबन्ध निर्देशक यमुना श्रेष्ठले नयाँ डल्फिन २०२५ मोडल पनि नेपाली ग्राहकको रोजाइमा पर्ने विश्वास व्यक्त गरिन् ।

कम्पनीका अनुसार डल्फिन २०२५ मा एनएफसी की लेस इन्ट्री सुविधा रहेकाले मोबाइलबाटै स्टार्ट ‘अन–अफ’ गर्न सकिन्छ । गाडीमा बीवाईडी एप, १५ वर्षसम्म चल्ने ब्याट्री, ४४.९ किलोवाट आवरको ब्याट्री, ७० किलोवाट क्षमताको परमानेन्ट ग्याग्नेट सिन्क्रोनस मोटर जडान, १८० एनएमको टर्क उत्पादनलगायत सुविधा छन् ।

नयाँ डल्फिनको बाहिरी भागमा केही सामान्य परिमार्जन गरिएको छ भने बम्परको तल्लो एयर इन्टेक एरिया र पछाडिको बिल्ड योअर ड्रिम्स लोगोलाई बीवाईडीको लोगोले प्रतिस्थापन गरेको कम्पनीले जनाएको छ । गाडीमा ६ वटा एयरब्याग, फर्वार्ड कोलिजन वार्निङ, ट्राक्सन कन्ट्रोल प्रणाली, अटो होल्ड, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ प्रविधि, रिअर क्रस ट्राफिक अलर्टजस्ता विशेषता छन् । कम्पनीले डल्फिन २०२५ मोडलको नयाँ गाडीको नेपाली बजार मूल्य ४१ लाख १५ हजार तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्