भोक मेटाउन मुसा र परेवा खादै भेनेजुयलियन कैदी «

भोक मेटाउन मुसा र परेवा खादै भेनेजुयलियन कैदी

काराकास-भेनेजुयलियन कैदीहरु भोक मेटाउनका लागि मुसा र परेवा खान थालेका छन् । असफल भइसकेको समाजवादी मुलुकमा खाद्यान्नको आपूर्ति कम हुन थालेपछि उनीहरुको खानको परिकार मुसा र परेवा बन्न थालेको हो ।
एल नुइभो हेराल्डले प्रकासित गरेको समाचार अनुसार बोलिभर राज्यको भिस्टा हर्मोसाका कैदीहरुले आफूलाई बाचय राख्नका लागि यस किसिमका जीव खान थालेका हुन् ।४१ वर्षे एक कैदी अलेजान्द्रो म्यानुयल मागो कारास्पेलाई गत साता बिरामी भएपछि नजिकैको अस्पतालमा पठाइएको थियो । उनी जेलको फोहोरको टोकरीमा फेला परेको मरेको मुसा खादा बिरामी भएका हुन् ।
“हामीले यसलाई पकाउदा पनि यो काचोनै रहेको थियो । जे भएपनि हामीले खायौ । मलाई लाग्छ उक्त मुसा विषाक्त भएको थियो र त्यसैले हामी पनि बिरामी भयौ । म सामान्यतया आफ्ना लागि मुसा मार्ने काम गर्छु,” उनले गैर सरकारी संस्था विन्डो टु लिबर्टीलाई बताए ।
अन्तत उनलाई अस्पतालमा शल्यक्रियानै गर्नु परेको थियो ।उनलाई सवारी चोरेको आरोपमा ८ महिनाका लागि जेल सजाय दिइएको थियो । हाल उनीमा कुपोषणको अवस्था देखिएको छ ।उनले नियमित रुपमै मुसा र अन्य यसै प्रकारका जीव जन्तु खाने गरेको स्वीकार गरेका छन् । अन्य कैदीले पनि यसै गर्ने गरेको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्