Logo

मन्जुश्री फाइनान्सद्वारा इन्स्टा फण्ड ट्रान्सफरमार्फत नि:शुल्क अन्तरबैंक रकमान्तरको सुविधा

काठमाडौं- मन्जुश्री फाइनान्स लिमिटेडले आफ्नो डिजिटल सेवालाई अझै उत्कृष्ट बनाउने तथा आफ्ना ग्राहकलाई दिइरहेको सेवालाई अझै प्रभावकारी बनाउने उद्देश्यले इन्स्टा फण्ड ट्रान्सफरमार्फत नि:शुल्क अन्तरबैंक रकमान्तरको सुविधा ल्याएको छ ।

यो सुविधा मन्जुश्रीको मोबाइल बैंकिङ एपको मन्जुश्री स्मार्ट अन्तर्गत इन्स्टा फण्ड ट्रान्सफर भुक्तानी विकल्पबाट एनपीएसमा आवद्ध बैंक तथा वित्तीय संस्थामा रहेको खातामा रकम रकमान्तर गर्न सक्नेछन् । ग्राहकवर्गको डिजिटल अनुभवलाई अझै उत्कृष्ट र सहज बनाउने उद्देश्यले सो सेवालाई मन्जुश्रीले आफ्नो एपमार्फत ग्राहकको माझ ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्