Logo

आइएमई पे र खल्तीलाई एकीकृत कारोबार अनुमति

काठमाडौं– भुक्तानी सेवाप्रदायक आइएमई पे र खल्तीलाई एकापसमा मर्ज हुन राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ । गत फागुनमा आइएमई पे र खल्तीबीच मर्जर सम्झौता भएको थियो ।

राष्ट्र बैंकको अन्तिम स्वीकृतिपछि ‘आइएमई खल्ती लिमिटेड नामबाट एकीकृत कारोबार हुनेछ । नेपालमा वालेट कम्पनी मर्ज भएको यो नै पहिलो हो ।

दुई कम्पनीले आगामी साउन १ देखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । एकीकृत कम्पनीमा आइएमई पेकै बहुमत सेयर हुनेछ । आइएमई पेको ३० करोड र खल्तीको पाँच करोड रुपैयाँ चुक्ता पुँजी छ ।

प्रतिक्रिया दिनुहोस्