विराटनगरमा बिरयानी अड्डाको शाखा विस्तार

विराटनगर– काठमाडौं उपत्यकामा स्वादिलो बिरयानीका लागि पहिचान बनाएको ‘बिरयानी अड्डा’ले विराटनगरको महेन्द्रचोकमा छैटौं शाखा सञ्चालनमा ल्याएको छ । विस्तारित आउटलेट उद्घाटन युवा उद्यमी तथा उद्योग संगठन मोरङका सदस्य प्रतीक राउतले गरे ।
कार्यक्रममा राउतले विराटनगर र छिमेकी भारतीय बजारका उपभोक्ताले अब काठमाडौंकै स्वाद अनुभव गर्न सक्ने अवसर पाएको बताए । बिरयानी अड्डा उपत्यकामा जस्तै यहाँ पनि सफल हुने उनको विश्वास छ । बिरयानी अड्डाका निर्देशक सविन पाण्डेका अनुसार २०७६ लदेखि काठमाडौंमा सेवा सुरु गरेको बिरयानी अड्डाले छैटौं वर्ष प्रवेश अवसरमा छैटौं शाखा विस्तार गरेको हो । काठमाडौं, ललितपुर र भक्तपुरमा गरी हाल पाँच शाखा सञ्चालनमा छन् ।
विराटनगर शाखा राजधानीबाहिरको पहिलो हो । विराटनगर शाखा विस्तारको पहल स्थानीय व्यवसायी मोनिका निशाले गरेकी हुन् । शाखा उद्घाटनका अवसरमा विशेष छुट र आकर्षक अफर उपलब्ध गराइएको निर्देशक पाण्डेले जानकारी दिए । बिरयानी अड्डामा विभिन्न स्वादका बिरयानीसँगै पिज्जा, तन्दुरीजस्ता परिकार उपलब्ध छन् भने लाइभ म्युजिकको समेत व्यवस्था गरिएको छ ।