Logo

नेपाल लाइफ महानगर सीप मेलाको साझेदार

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स काठमाडौं महानगरद्वारा आयोजित ‘काठमाडौं महानगर सीप मेला २०८२’ मा संस्थागत साझेदार बनेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मेलामा सहभागिता जनाएको हो । महानगरले सञ्चालनमा ल्याएको मेलाको मुख्य उद्देश्य सीप नभएकालाई सिकाउने र आधारभूत सीप भएकालाई थप दक्ष बनाउनु रहेको छ ।

मेलामा रोजगारी र आय वृद्धिको माध्यमबाट काठमाडौंको समृद्धि हासिल गर्ने लक्ष्य लिइएको छ । मेलाअन्तर्गत १० विधामा ३७ पेसासँग सम्बन्धित तालिम पूर्ण नि:शुल्क दिइनेछ । महानगरको सीप मेलामा सहभागी भएर युवालाई सशक्त बनाउन र स्वरोजगारको बाटो देखाउन सकिने महत्त्वपूर्ण अभियानस्वरुप यसमा जोडिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले बताए।

प्रतिक्रिया दिनुहोस्